• Photo 1 of 14RAMAILO SANJH FOLK MUSIC CONCERT

  • Photo 2 of 14Welcome to Sydney, Mr. Garbuja

  • Photo 3 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 4 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 5 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 6 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 7 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 8 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 9 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 10 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 11 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 12 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 13 of 14NKSSP - Bhanu Jayanti 2011

  • Photo 14 of 14IMG_5374

    NKSSP- Bhanu Jayanti 2011. Lok Kandel-reciting his mutak

Recent Posts

गजल

गल्ती गर्नु गल्ती होइन ! दोहोर्याउनु गल्ती हो

छोडी जानेलाई पटक् पटक् मन् पराउनु गल्ती हो

 

नदेख फेरि तेही सपना, नहिँड फेरि तेही बाटो

त्यो पुरा नहुने सपना भित्र, हराउनु गल्ती हो

 

थाहा छ तिमीलाई, त्यो शुरुवात उसकै थियो

उसले भूल गर्नु, तिमी डराउनु गल्ती हो

 

जिन्दगी भरी तिमीलाई, रुवाएर त्यो मान्छे

शीर झुकाएर' फेरि तिम्रै, घर्—आउनु गल्ती हो ।

गल्ती गर्नु गल्ती होइन ! दोहोर्याउनु गल्ती हो

छोडी जानेलाई पटक् पटक् मन् पराउनु गल्ती हो

 

- निष्प्रभ सजी

गजल "दुई जवानीको"

तिमी छौ म छु र त यो जगत छ प्रिया,,,

नशा नशामा   तिम्रै रगत   छ  प्रिया।।

 

जे हुनु भएरै छोड्छ आल्टाल को गर्न सक्छ,,

भो नसोच ज्यादा यो संसार फगत छ प्रिया।।

 

समयले    धेरै कुरा   सिकाउदै छ  मलाई,,

को आफ्नो को पराई अवगत  छ   प्रिया।।

 

खहरेको भेल होइन मेरो माया तिम्रा लागी,,

सधैं एकनाश वाग्मती झै अनवरत छ प्रिया।।

 

संसार जितिन्छ दुई मन  एक   ढिक्का भए,,

कस्लाई  थाहा मायामा कती तागत छ प्रिया।।

 

नाफा  नोक्सान   त  पछी  बेहोर्दै   जाउँला,,

यहाँ पुरै दुई   जवानीको लागत   छ प्रिया।।

 

        तिलक भट्टराई ""अन्जान""

      रामनगर १ भुमही नवलपरासी

          हाल्(सिड्नी अष्ट्रेलिया)

गजल-१४०

अमृतमा विष फलाउँछन र पो

आफ्नैले दिल जलाउँछन र पो

 

साथी! म लुलो कहिले थिएँ र !

उभिन खोज्दा ढलाउँछन र पो

 

दुख्यो  कि भनी रोएझैं  गर्छन

तिनैले  घाऊ  चलाउँछन  र पो  

 

जो जस्ले पत्थर बनाइ  गएथे

उनैले  फेरी  गलाउँछन   र पो

 

भुलिन्थ्यो होला शिषिर बसन्त

पालुवा  नयाँ  पलाउँछन   र पो

 

प्रमेश

हाम्रो समाज: "पाकोको त्यो झ्याल"

न्युरोडमा दसैं किनमेल गर्नेको घुइँचो छ। इन्द्रचोक त छिचोल्नै गाह्रो। खिचापोखरी, जुद्धसडक, सुरज आर्केड, पाकोतिर पनि ठेलमठेल। पिपलबोटबाट पाको जाने सडक मुस्किलले दुई सय मिटर लामो होला! त्यति कम दुरीमै दुवैतिर गरेर ६० वटाभन्दा बढी घर बनेका छन्।

 

काठमान्डुका सबै अग्ला घर यही सडकमा बनेका हुन्?

यी घरका पहिलो, दोस्रो वा बढीमा तेस्रो तलासम्म त मोबाइल, कम्युटर, इलेक्ट्रोनिक्स सामानका पसल र विभिन्न सानाठूला कार्यालय छन्, त्योभन्दा माथि चौथो, पाँचौं, छैटौं तलामा?

कार्यालय नजिकै भएकाले खाजा खान वा टहलिन न्युरोड आउने क्रममा पाको सडकबाट गुज्रँदा मेरो मनमा जहिल्यै लागिरहन्थ्यो- यी गगनचुम्बी घरका माथिल्ला तलामा को बस्छन् होला? कुनै संघसंस्थाको कार्यालय छ कि? कुनै सुखी परिवार बस्छ कि? अथवा कोही दुःखी बुढाबुढी विदेशमा बसेका छोरानातिको सम्झनामा रुँदै दिन काट्दा हुन्?

सडकमै टाँसिएका यी घरका माथिल्ला तलाका झ्याल अधिकांश समय बन्द हुन्छन्। एक्कादुई क्षणमा भने कुनैकुनै झ्यालबाट चिहाएर छसात तलामुनिको सडकमा हेरिरहेका उदास बुढाबुढीका आँखा मैले देखेको छु।

संयोगवश एक दिन काठमान्डुका पूर्वमेयर पिएल सिंहसँग पाकोमै टहलिँदा मैले उनलाई सोधेँ, ‘ए दाइ, यी अग्ला घरका माथिल्ला तलामा को बस्छन् हँ?'

उनले आफ्नै शैलीमा ‘पत्रकार भएर पनि केही आउँदैन तिमीहरूलाई' भन्दै गालीको वर्षा गराए र एकैछिनमा शान्त लवजमा भने, ‘सहरका सक्कली अनुहार पाकोको यी घरहरूमा देख्न सकिन्छ, यस्तै कुनै घरमा तिमीलाई लैजाउँला एक दिन।'

यसरी दसैंको मुखमै पाकोको एउटा अग्लो घर उक्लिने मौका आएको थियो।

...

 

सडकमै जोडेर एकापसमा टाँसेर बनाएकामध्ये विष्णुकेशरीको घर पत्ता लगाउन पिएल दाइलाई पनि हम्मे पर्‍यो। उनले एक आना वा दुई आनामा बनेका यी कम चौडाइ र धेरै उचाइ भएका घरमध्ये केहीको भर्‍याङ उक्लिँदै/ओर्लंदै गरेको म सडकपारि बसेर हेरिरहेँ। अहँ, पत्ता लागेन।

‘यी तिनटामध्ये एउटा घर हो,' पिएल दाइले मेरो कानमा भने, ‘कस्तो कन्फ्युज भएको!' म केही बोलिनँ।

उनले चारवटा घरका भुइँतलामा रहेका ठुल्ठुला मोबाइल पसलमा ‘विष्णु दिदीको घर' भनेर सोध्दा कसैले जवाफ फर्काउन सकेन। ‘के गर्ने होला' भन्ने भावमा एकछिन उभिरहँदा अघि सोधेमध्येकै एउटा मोबाइल पसलबाट अर्को मान्छे दौडँदै आयो र भन्यो, ‘विष्णु दिदीको घर खोज्नुभएको? यी यही हो!'

उफ्! पाँच मिनेटदेखि हामी जहाँ उभिरहेका थियौं, सामुन्ने विष्णु दिदीकै घर रहेछ।

मार्बल ओछ्याएका भर्‍याङ उक्लँदै गर्दा मैले दोस्रो तलामा कम्प्युटर पसल देखेँ। पिएल दाइले घन्टी बजाए। निकै बेरसम्म कुनै प्रतिक्रिया आएन।

कम्प्युटर पसलेलाई सोध्यौं, 'विष्णु दिदी हुनुहुन्छ?'

'हुनुहुन्छ, एक्लै भएर ढोका खोल्न ढिला भएको हो!'

हामी पर्खिरह्यौं।

पन्ध्र मिनेटपछि मोटो ताला भित्रबाट कसैले खोल्यो र बाक्लो कालो गेट चुइँऒ्ढय आवाज निकाल्दै उघ्र्यो। अँध्यारोमा बुढीमान्छे देखिइन्। उनले नेवारीमै पिएल दाइसँग एकछिन बात मारिन् र हामी भर्‍याङ उक्ल्यौं।

चार तलाका अँध्यारा भर्‍याङ उक्लन मलाई निकै मुस्किल पर्‍यो। वृद्धा अघिअघि सुस्तरी हइँहइँ गर्दै उक्लिरहेकी थिइन्। बीचमा उक्लँदै गरेका पिएल दाइको सास पनि बढिरहेको थियो।

चार तलाका भर्‍याङ काटेपछि अर्को फलामको गेट आइपुग्यो। निकै ठूलो।

त्योचाहिँ खुलै रहेछ। वृद्धाले तल झर्दा खोलेकी होलिन्।

त्यो गेट काटेर उक्लिएपछि हामी अलि उज्यालो खुला ठाउँमा आइपुग्यौं। बुढीले चप्पल र पिएल दाइले जुत्ता फुकालेपछि मैले पनि तुना खोलेँ।

हामी घरको छतमा आइपुगेका रहेछौं। छतमा बनेको लामो कोठामा वृद्धा एक्लै बस्दिरहिछन्।

सहरको सबैभन्दा व्यस्त र गतिविधिपूर्ण न्युरोडको पाकोमा यो गगनचुम्बी घरको माथिल्लो तलामा ८० वर्षे विष्णुकेशरी श्रेष्ठ ३० वर्षदेखि एक्लै बसिरहेकी छिन् भन्ने सुन्दा एकछिन पत्याउनै सकिनँ।

कहाँ छन् त यिनका पति? छोरानाति? छोरीबुहारी?

सधैं केही न केही खानेकुरा बोकेरै हिँड्ने पिएल दाइले ल्याएका बारा र साँधेको आलु खाँदै मैले त्यो दिन रात नपरुन्जेल यी वृद्धाका मुखबाट काठमान्डुको दुःख सुनिरहेँ।

...

 

विष्णुकेशरी ६० वर्षदेखि एक्लै जीवन डोर्‍याइरहेकी छन्। अर्थात ३० वर्षपहिले त्यो घर बन्नुभन्दा पनि ३० वर्षअघिदेखि उनी सहरको यो व्यस्तता र भिडभाडमा एक्लै दिन काटिरहेकी छन्।

आफन्तसँग लड्नुपरेका दर्जनौं अंशबन्डाका झगडाले उनको जिन्दगी नै शेष पारिदिएको छ।

सुरुमा सोझो लोग्नेलाई सम्पत्ति दिलाउन उनले जेठाजुसँग मुद्दा लड्नुपर्‍यो। छोरालाई पछि दुःख होला भनेर अरू कैयौं आफन्तसँग उसको अधिकारका लागि लडिन्। अहिले आफ्नो सम्पत्तिमा आँखा गाडेको छोराविरुद्ध मुद्दा लडिरहेकी छन्।

क्या जिन्दगी!

नौ सालमा छोरा जन्मिएपछि उनले जीवनमा दुःखबाहेक अरू केही व्यहोरेकी छैनन्। छोरा जन्मेकै साल उनलाई पतिले छाडे। सुत्केरीलाई तेल घसेर, अर्काको घरमा भाँडा माझेर, लुगा धोएर, सानातिना काम गरेर कमाएको दुईचार पैसाले छोरा पढाइन्। हुर्काइन्, बढाइन्।

केही वर्षमा छोरा पनि घर छाडेर हिँड्यो।

एक दिन फेरि आयो, अंश माग्यो।

उसले जति पाउने हो, त्योभन्दा दुईचार लाख थपेरै अंश दिइन्।

अंश दिएपछि भनिन्, 'बुबा मरिहाले, मेरो शेषपछि यो सबै सम्पत्ति पनि तेरै हो, मलाई छाडेर नजा, बुढीआमालाई कसले हेर्छ? केही विचार गरेको छस्?'

उसले मानेन।

वृद्धाले पुराना कुरा सम्झँदै दुःख बेसाइन्, 'मेरो छोरालाई कसैले मोहनी लगाइदिएको छ, जादुटुना गरिदिएको छ, यत्रो करोडौंको सम्पत्तिको ऊ एक्लो हकदार हो, तैपनि मकहाँ आउँदैन। जिमि काय् ला असति लात (मेरो छोरा असति परेछ)।'

मलाई नेवारी आउँदैन। पिएल दाइले मसँग नेपालीमै कुरा गर्न वृद्धालाई भनेका थिए। तर, उनी आफ्नो दुःख सुनाउँदा सुनाउँदै यति भावुक र आद्र बन्छिन्, भाषा फेरिएर नेवारीमा बोल्न थालेको पत्तै पाउँदिनन्।

कुराकानीका क्रममा बुढीले सय पटकजति भनिन् होला, 'काय्नं जितः मस्वः (मलाई छोराले हेरेन), जहिल्यै सम्पत्तिमात्र लिन खोज्छ, अरू मतलव गर्दैन।'

अंश दिएको २५ वर्षपछि छोरा फेरि फर्केर आयो। विष्णुकेशरीको उमेर निकै ढल्किसकेको थियो। चिनिनन्। छोराले रुखो स्वरमा आफूलाई चिनायो। आफूसँगै एउटा लाठे केटा पनि लिएर आएको रहेछ। उसलाई आफ्नो छोरा भनेर चिनायो।

बुढीले न छोरा चिनिन्, न नाति। त्यो रात उनलाई आफ्नै घरमा डर लागिरह्यो। एक निमेष निदाउन सकिनन्। आफ्नो कोठामा सुतेका छोरानाति नयाँ मान्छे हुन् किजस्तो डराईडराई उनले रात काटिन्।

भोलिपल्ट छोराले फेरि सम्पत्तिको कुरा गर्‍यो। उसले अंश लिँदा पाकोको यो घर बनिसकेकै थिएन। यो घरबाट भाग खोज्यो। वृद्धाले भनिन्, 'यो मेरो बकस पाएको सम्पत्ति हो, तैंले आँखा लाउन पाउँदैनस्।'

छोरा रिसायो। जानेबेला बुढीआमालाई भर्‍याङबाट खसालिदियो। आमै गुल्टिँदै तलैसम्म झरिन्। दाँत झरे। हातमा लामो घाउ लाग्यो। घाँटी बांगियो। छोरा भाग्यो। नाति भाग्यो।

त्यसपछि छोरा लगातार आइरह्यो। कहिले के, कहिले के लिएर जान्थ्यो। 'जहिल्यै आउँथ्यो, सम्पत्तिको कुरामात्र गर्थ्यो,' वुद्धाले दुखमनाउ गरिन्।

अहिले उनको छोरा स्वयम्भुमा बस्छ तर आमा एक्लै छिन्। छोराबुहारी, नातिनातिनासँग भेट्ने, सँगै बस्ने धोको यो जुनीमा पूरा होलाजस्तो छैन। छोरा कहिलेकाहीँ हुर्रिंदै आउँछ तर आमा होइन, झगडिया भेट्न। अहिले पनि उसले आमाविरुद्ध अदालतमा मुद्दा नालेस हालेको छ।

विष्णुकेशरीको मन साह्रै दुखेको छ, 'म त्यसलाई मेरो चितामा आगो लगाउन पनि दिन्नँ।'

उनले आफ्नो सम्पत्ति अहिल्यै कसैको नाममा पास गरिदिन चाहन्छिन् ताकि उनको शेषपछि यो घरजग्गाबाट एक कन्ची पनि छोराले नपाओस्। छोरासँग उनलाई रिस उठेको छ।

होइन, मन दुखेको छ।

विष्णुकेशरी समाजका भद्रभलाद्मी राखेर आफ्नो घरजग्गा कसैको नाम गरिदिन चाहन्छिन् ताकि उनको शेषपछि करोडौंको यो सम्पत्ति समाजको काम आओस्।

'महिला संघमा लागेको बेला म मंगलादेवीहरूसँगै छ सालमा जेल परेको थिएँ,' वृद्धा सम्झन्छिन् र भन्छिन्, 'त्यही महिला संघलाई दिन्छु बरु मेरो जग्गा, तर छोरालाई अब एक थोपै दिन्नँ।

उनी सधैं सत्यकै पक्षमा छिन्। अरूले हालेका थुप्रै मुद्दामा उनको जित भएको छ। त्यही मुद्दा जिल्ला, पुनरावेदन, सर्वोच्चसम्म जान्छ, छोरा हार्छ, अरू हार्छन्, उनी हार्दिनन्। अहिलेसम्म एकदुई बाहेक अरू मुद्दा उनले हारेकी छैनन्।

...

 

साँघुरो घरका तलका दुई तला त भाडामा छन्। बाँकी पाँच तलामा उनी एक्लै बस्छिन्। एक्लै बढारकुँडार, सरसफाइ।

माथिल्लो तलामा उनी बस्ने कोठाको ट्वाइलेटमा ढोका छैन। जरुरी पनि छैन। उनी एक्लै बस्ने घरमा कोसँग छलिनुपर्‍यो र? कोही पाहुनापासा पनि आउँदैनन्। आफन्त सबै टाढा भइसके। यही सम्पत्तिकै कारण। भएको एउटा छोरासँग त मुद्दा लडिरहेकी छन् भने अरू को आफन्त होला?

खाना पकाउन मन लाग्दैन। एक दिन पकाइन् भने तीनचार दिन पुग्छ। रोटी मन पर्छ। कहिले एक्लै दुइटा बनाउँछिन् र दुई दिन लगाएर खान्छिन्। पुराना कुरा सम्झेर रोटी घाँटीबाट छिर्दा पनि छिर्दैन।

भात पकाउन नसक्दा तल रेस्टुरेन्टबाट एक प्लेट मोमो मगाउँछिन्, दुइटा खान्छिन्, बाँकी भोलिपल्ट बिग्रिन्छ। फ्याँकिदिन्छिन्।

बिरामी भएको बेला एक्लै ओछ्यानमा लडिरहन्छिन्।

ओछ्यान सामुन्ने दुइटा ३२ इन्चका ठूला टिभी छन्। यी ठूला एलसिडी टिभीले सायदै कहिल्यै दर्शक पाउलान्। विष्णुकेशरीलाई टिभी हेर्ने जाँगर छैन।

काठमान्डु सहरभित्र परिचारिका राख्ने चलन छैन। अंश यहाँको प्रिय मुद्दा हो। सम्पत्ति यहाँको प्रियतमा।

'कसैलाई राखेर के गर्नु? उनीहरू पनि लोभमात्रै गर्छन्, फेरि नचिनेको मान्छेसँग डर पनि त हुन्छ!' वृद्धा भन्छिन्।

यी साठी वर्षमा वृद्धाले कसैलाई चिनेकी छन् भने एकएक वकिल, एकएक न्यायाधीश। वकिलहरू उनलाई मन पर्दैनन्। 'ती पनि छोराजस्तै छन्, लुट्नमात्र खोज्छन्,' यति भनिसकेर उनी नेवारीमै निकै बेरसम्म फत्फताइरहन्छिन्।

अब जीवनका धेरै वर्ष बाँकी छैनन्। दाँत गइसके, केही चपाउन सक्दिनन्। रोगी र जीर्ण शरीर दुःखसँग यताउता सार्छिन्।

तलमाथि गर्न सास्ती छ। सातौं तलामा रहेको छतबाट साँघुरा भर्‍याङ ओर्लंदै तल झर्न सजिलो पनि त छैन। सबैभन्दा दुःख बिरामी भएको बेला हुन्छ।

तलमाथि गर्न नसकेको बेलाका लागि भनेर विष्णुकेशरीले झ्यालमा डोरीले बाँधेर झोला राखेकी छन्। त्यही झोला बिस्तारै तल झारिदिन्छिन्। तल मोबाइल पसलका भाइहरूले त्यही झोलामा बिस्कुट, पाउरोटी, औषधि राखिदिन्छन्। बुढी बिस्तारै त्यो झोला माथि तान्छिन् र सामान निकाल्छिन्।

त्यसपछि त्यही झोलालाई छाँद हालेर एक्लै भक्कानिन्छिन्। उनलाई प्रेम गर्ने अब जीवनमा कोही छ भने त्यही एउटा झोला बाँकी छ।

...

 

श्यामकाजीले कस्तो पुल्पुल्याएर उनीसँग बिहे गरेको थियो। ती दिन सम्झँदा उनी अहिले पनि टोलाउँछिन्।

छ सालमा श्यामकाजी उनलाई मन पर्थ्यो र? ऊ बिहे गरिसकेको, जाँडरक्सी खाएर मात्ने, अर्की स्वास्नी राखेको, उनी कल्कलाउँदी भर्खर सोह्र वर्षकी।

कसैको कान्छी भएर जान उनलाई मन थिएन। श्यामकाजीले मरिहत्ते गरेपछि उनको केही बल चलेन।

उसबेला न्युरोड सुनसान थियो, घर थिएनन्, घोडा पाल्ने तबेला थिए। खेतबारी। खर्पन बोकेका ज्यापु दाइहरू।

श्यामकाजी उनलाई मन पराउँदो रहेछ। विष्णुकेशरीसँग बिहे गर्न नपाए झुन्डिएर मर्छु पो भन्न थाल्यो। न उनले मन पराएकी थिइन्, न घरपरिवारले। परिबन्दले उसैसँग बिहे गर्नुपर्‍यो। त्यही बिहेको परिणाम आज ६२ वर्षपछि पनि भोगिरहेकी छन्।

'जिवंकाछि जि याकःचा हे जुल (जिन्दगीभर म एक्लो भएँ),' वृद्धा खुइऒ्ढय गर्छिन्।

श्यामकाजी त नम्बरी फटाहा रहेछ। तीनचार माना रक्सी खानुपर्ने, गाँजा खाने, आइमाईसँग बस्दै हिँड्ने, जुवातासमा उस्तै लम्पट।

धेरै रक्सी खाएर लोग्ने बिरामी हुँदा सुन बन्धकी राखेर उनले उपचार गराइन्।

जेठाजुचाहिँ धुर्त, अंशमा भाइलाई नै ठग्न खोज्ने। 'अंशमा मेरा बुढालाई छक्याउन खोज्दा मैले नै मुद्दा लडेर उनलाई सम्पत्ति दिलाएँ,' विष्णुकेशरी आफ्नो जीवनका सुरु मुद्दाहरू सम्झन्छिन्।

त्यसरी बिहे गरेको बुढाले छोरा पाएपछि उनलाई वास्तै गर्न छाड्यो। जेठीसँग गएर बस्न थाल्यो।

राणा र शाह खलकका कतिपय सदस्यसँग भने विष्णुकेशरीको सम्बन्ध र मित्रता रहेछ। उनको जेठी सासुलाई पद्मशमशेरले ल्याइते बनाएर दरबारमा भिœयाएका रहेछन्।

'मेरो दुःख देखेर नै मलाई यो जग्गा (पाकोमा अहिले घर रहेको स्थान) माइला सरकार (हिमालयशमशेर) ले बकस दिएको हो,' उनले भनिन्।

उनलाई अब मुद्दा लडिरहन मन छैन। तर छोराले यही भएको एउटा घर अदालतबाट रोक्का गराइदिएको छ।

'मलाई अरू केही होइन, अब शान्ति चाहियो, सजिलोसँग मर्न पाउँ्क,' वृद्धाले भनिन्, 'जसले मेरो लास उठाउँछ, सबै सम्पत्ति उसैलाई दिन्छु। थ्व छें जितः छु हे बी धकाः (यो घरले मलाई के दिन्छ र)?'

जिन्दगीमा उनको एउटा तृष्णा अझै छँदैछ। छोराको छहारीमा एकैछिन सुस्ताउने! 'आजसम्म छोराको पैसाले एक कप चिया खाएको छैन बाबु, मलाई के छोराको छहारीमा बस्न मन लाग्दैन? ऊचाहिँ मलाई एक्लै भेट्यो भने बाटोमा मार्दिन्छु भन्छ,' वृद्धाका मनमा कति कुरा गाँठो परेका होलान्!

उनले भनेको यो वाक्य मेरो मनमा पछिसम्म गढिरह्यो, ‘छोराका लागि मैले जिन्दगीमा के गरिनँ- सुत्केरी स्याहारेँ, अर्काको घरमा सानातिना काम गरेर कमाएको दुईचार पैसाले छोरा हुर्काएँ, पढाएँ, अहिले त्यही छोरा मेरो सत्रु भएको छ।'

...

 

साँझ पर्दै थियो। पिएल दाइ निस्किसकेका रहेछन्।

भर्‍याङ झरेर म बिस्तारै सडकमा निस्केँ। मोबाइल पसलमा भिड थियो। पाकोको मूल सडकमा खुट्टा टेकिसक्नु थिएन। दसैं किनमेल गर्नेहरूको हुलले सडक ढाकेको थियो।

के एक सातापछि विष्णुकेशरीको घरमा पनि दसैं आउला?

मोटरसाइकल पार्किङको चेपबाट सडकमा निस्किएर भिड छिचोल्दै म अर्को पेटीमा उक्लिएँ।

कुराकानी सिध्याएर दसैंका लागि दुईचार सामान पनि किन्ने विचार थियो, बिर्सिएछु। म लुइँलुइँ सुन्धारातिर लस्केँ।

अलि वर आएर विष्णुकेशरी बस्ने सबैभन्दा माथिल्लो तलामा आँखा पुर्‍याएँ- उनी त्यही झ्यालमा अडेसिएर सहरको भिड हेर्दै टोलाइरहेकी थिइन् जहाँबाट उनी झोला बिस्तारै सडकमा झार्थिन्, आवश्यक सामान लिन।

त्यही एउटा झ्याल त थियो जो उनका लागि संसारतिर खुल्थ्यो! बाँकी सबै झ्याल त पछिल्ला ६२ वर्षमा बन्द भइसकेका थिए।

 मनोज दाहाल-नागरिक न्युज

http://www.nagariknews.com/saturday/31812-2011-10-01-12-48-47.html

खबर र सन्देश

मुर्छित बनेर कती ढलिरहने आमा तिमी 

खबर कसैले बोकेर ल्याएको छ 

कन्टेनरमा फ्यकिएका आशाका किरणहरु 

एम्बुशको धरापमा परेका विश्वाशका पर्खालहरु भत्काएर 

फरक फरक मनहरु 

फरक फरक हातहरु जुटेका छन  रे

कोमा भित्रका ति बुँदा र सम्झौताहरु फेरी ब्युझाउदै 

आमाको  गर्भभित्र कोरेर रचिएका सन्तानका गितहरु खबर र सन्देश

अब बिमोचन गरिदै छ रे

त्यसैले  

भन्छिन आमा बारम्बार

कती ...

परदेश तिर...Everest Surya Bohora

सुनसान हुने रैछ चाड्बाड ले छुंदा 

मुटु दुखी रुने रैछ परदेश मा हुंदा !!...

 

सुनसान हुने रैछ चाड्बाड ले छुंदा 

मुटु दुखी रुने रैछ परदेश मा हुंदा !!

करोडौ को भिडमा , एक्लियको छ मन...

राम्रै हो, कल्ले नै चिन्छ र मुख छोपी रुंदा !!!!

 

 चर्खेपिंग को सररमा गाऊ झुल्यो होला ,

 गोदावरी र मखमलीमा बस्ती फूल्यो होला !!

 परदेशी को समझनामा,  आंसू नझारे आमा...

 खुसी छु ,रातो टिका निधारमा देशै खुल्यो होला !!!!

 

 

      सुनसान हुने रैछ चाड्बाड ले छुंदा 

       मुटु दुखी रुने रैछ परदेश मा हुंदा !!...

१९७ औं भानु जयन्ती, जुलाई ११, २०१०, सिड्नी

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अस्ट्रेलिया को आयोजनामा १९७ औं भानु जयन्ती सफलतापूर्वक सम्पन्न गरिएको छ ! "विविध भाषा- अनेक भेष, प्रवाश भन्दा प्यारो देश" भन्ने नारा सहित नेपाली राष्ट्र भाषा का विभिन्न भाषा -भाषी हरुलाई अत्यधिक सहभागिता गराउने उद्द्येस्यले आयोजित उक्त साहित्य गोष्ठी ले ऐतिहासिक महत्व राख्ने कुरामा कार्यक्रममा उपस्थित सवै साहित्यकर्मीहरु सहमत थिए। कार्यक्रम जुलाई एघार तारिख आइतवारको दिन सिड्नीको एशफिएल्ड स्थित पोलिशक्लबमा संपन्न भएको थियो!

 

"जसरी पृथ्वी नारायण शाहले नेपालको भौगोलिक एकिकरण गरेका थिए , त्यसै गरि आदिकवि भानुभक्त आचार्यले  नेपालका   भाषाभाषीहरु लाई एउटै एकताको सूत्रमा बाध्ने काम गरेका थिए" । सिड्नीमा आयोजित आदिकवि भानुभक्त आचार्यको १९७ औं जन्मजयन्ती मनाउने कार्यक्रममा साहित्यकार अल्पबिरामले भानुभक्तको योगदान माथि प्रकाश पार्दै सो कुरा बताउनु भएको हो ।
बिभिन्न नेपाली राष्ट्र भाषाको साहित्यको अपूर्व संगम रहेको सो बहुभाषिक साहित्यिक गोष्ठी मा नेपाली राष्ट्र भाषाका शेर्पा, छन्त्याल , गुरुंग, राई , लिम्बू, तमाङ, नेवार साथै बोलीचाली भाषाको रुपमा संवैधानिक मान्यता प्राप्त देवनागरी लिपिको नेपाली भाषामा सर्जकहरुले आफ्नो सृजनाहरु सुनाएका थिए ।

 

कार्यक्रममा प्रस्तुत गरिएको " विश्व ब्यापिकरणको सन्दर्भमा नेपाली भाषा र साहित्यको स्थिति तथा भबिष्य"  नामक कार्यपत्रमा नेपाली भाषालाई  संरक्षण गर्न प्रवासमा  रहेका संघसंस्था  तथा संचार माध्यमहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइएको छ । डा होम मूर्ति पन्त र भीमसेन सापकोटाले संयुक्त रूपमा तयार गर्नुभएको कार्यपत्रमा नेपालका विविध  भाषाहरुलाई कार्यक्रमहरुमा प्राथमिकता दिने, हाल सिड्नीमा सञ्चालन भएको नेपाली भाषा स्कूलजस्ता पाठशालाको बिस्तार तथा प्रवर्द्दन गर्ने , नेपाली साहित्यिक प्रस्तुतिलाई संचार माध्यमहरुले प्राथमिकता दिदै शुद्द नेपाली भाषामा कार्यक्रम प्रस्तुत गर्ने  एबं साहित्यिक जमघटहरुलाई निरंतरता दिन सकियो भने केहि हदसम्म नेपाली भाषाको जगेर्ना गर्न सकिने औल्याइएको  छ  ।

 

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान ले गत साल देखि प्रदान गर्दै आएको " नेपाली कला संस्कृति पुरस्कार" यस बर्ष सिड्नी का कलाकार भीमसेन गुरुंगलाई प्रदान गरिएको छ भने यो वर्षको "नेपाली साहित्य पुरस्कार" सिड्नीमा रहेर नेपाली साहित्यमा निरन्तर कलम चलाउनु हुने साहित्यकार कुमार गिरीलाई प्रदान गरिएको छ। गत साल २००९ मा सो पुरस्कार साहित्य तर्फ सहित्यकार एवं पत्रकार भीमसेन सापकोटालाई र कला-संस्कृति तर्फ चर्चित नृत्य कलाकार सुश्री सालु लिम्बुलाई प्रदान गरिएको थियो। सो दुबै पुरस्कारको राशि दुई सय एकवान्न डलर नगद  र प्रसंशा-पत्र  रहेको छ । कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सुप्रसिद्द खण्डकाब्य मुनामदनलाई सिड्नीमा गत बर्ष ३ अक्टोवर २००९ मा सफलतापूर्वक मन्चन गरि नेपाली साहित्यलाई प्रवास मा फैलिन टेवा पुर्याए वापत उक्त नाटय समूहलाई प्रशंसा-पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
 
यस वृहत-वहुभाषिक साहित्य गोष्ठी कार्यक्रमको अध्यक्षता संस्थाकि अध्यक्ष सुजाता केसीले गर्नु भएको थियो भने प्रमुख आतिथ्य वरिष्ठ सिने कलाकार रिद्दीचरण श्रेष्ठले गर्नु भएको थियो ।  बिशेष आतिथ्य होममूर्ति पन्त तथा ऑस्ट्रेलियाका साहित्यकार स्टेभेन लेलोरले गर्नु भएको थियो ।  आदिकवि भानुभक्त लगाएत अन्य १४ कवि-कवियत्री हरुको फोटो मा माल्यार्न्पन र पुष्प गुच्छा अर्पण गर्दै नेपाली राष्ट्रीय धून सहित शुरुवात गरिएको सो कार्यक्रममा संस्था का सदस्य ऋषि आचार्यले सहभागीरुलाई स्वागत मंतब्य दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा मुनामदन कृतिमाथि कलाकार भीमसेनगुरुंग र सायन  क्षेत्रीको सानो एकांकी प्रस्तुतीले कार्यक्रमको शोभा झनै बढेको थियो ।

 कार्यक्रम को औपचारिक व्यवस्थापन एवं अतिथिहरुलाई स्वागत तथा पुरस्कार वितरण समारोह संचांलन गर्दै विभिन्न कविहरूका वारेमा समेत आयोजक संस्थाका महा-सचिब रमेश बानियाँ ले प्रकाश पार्नु भएको थियो! उंहाले भाषिक एकताको लागि सो कार्यक्रमको आयोजना गरिएको बताउँदै कार्यक्रमको शुरुवातमा प्रवासमा नेपाली साहित्यको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो। यस्तै कार्यक्रमको सन्चालनका लागि तयारी गर्दै रहंदा अचानक अश्वस्थ बन्नु भएकी संस्थाकि उपाध्यक्ष जानकी पौडेल द्वारा रचित कविता वाचन तथा उंहाको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो। सो कार्यक्रमको साहित्यको प्रस्तुति लाई साहित्यकार राजन शर्माले धेरै रषिक ढंगमा सन्चालन गर्नु भएको थियो !

 

कार्यक्रमको अन्तिममा गैर आवासीय नेपाली संस्थाकि सल्लाहकार इन्द्रा वनले धन्यवाद मंतब्य दिनु भएको  थियो भने कार्यक्रममा कुमार गिरी, निमा शेर्पा, सानु घिमिरे ,रमेश पाण्डे, भुपेन्द्र चुँडाल, महेन्द्र श्रेष्ठ, भरत पौडेल, सिन्धुढुंगाना (मेलवर्न वाट प्रेषित), तिर्थ राज बराल (न्युयोर्क बाट प्रेषित), हरि लामिछाने, सुमित्रा विस्ट ,एबोरिजिनल कवि स्टेभेन लैलोर, राजन शर्मा, प्रकाश पौडेल , पदम छन्त्याल, शशी राइ, सञ्जय तमाङ , चित्र लिम्बु,  शुभाष गुरुङ लगायत करिव ३० कवि तथा कवयित्री, कलाकार एवम रचनाकारहरूका सो कार्यक्रममा प्रस्तुती रहेको थियो।

 कार्यक्रम लाई यस हद सम्म सफल पार्नको लागि सहयोग पुरयाउनु हुने प्राविधिक सहयोगी ट्वेन्टीओन डिजाइन अस्ट्रेलिया का निशेस शाक्य, प्रायोजकहरु ओली & असोसियेट्स का भवानी ओली, रामजी बिष्ट, प्रेम सापकोटा, कुमार गिरि, बेष्ट क्लिनिंग का राजकुमार भण्डारी,  यति त्रावल्स का महेन्द्र लम्साल लाई हार्दिक सधन्यवाद ज्ञापन  गरिएको थियो भने कार्यक्रम मा विभिन्न भाषा -भाषी लाई सहभागी गराउनु हुने जन-जाती महासंघ  परिवार र विशेष दुरी तय गरि आउनु भएका द्वय  कार्यपत्र प्रस्तोता डा. होममुर्ती पन्त र शेर्पा कविता प्रस्तोता निमा दोल्जे शेर्पा लाई संस्थाका महा-सचिव रमेश बानियाँ द्वारा आयोजकको तर्फवाट आभार व्यक्त गरिएको थियो!

News posted by Sanu Ghimire in ausnepalnews.com