नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको चौथो बार्षिक उत्सव--"धमाका सांगीतिक साँझ २०१२"

  • 11-30-2011

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको चौथो बार्षिक उत्सवको अवसरमा उक्त संस्थाले 

आगामी मार्च ३ गते सनिबार  "धमाका सांगीतिक  साँझ २०१२"को आयोजना गर्ने  भएको छ ।  नेपाली गीत संगीतलाइ प्रवर्दन गर्ने र नेपाली समुदायलाई नेपाली सांगीतिक मनोरंजन दिने उदेश्यले  आयोजना गर्न लागिएको उक्त कार्यक्रमको बिशेष आकर्षणको रुपमा नेपाली चर्चित लोक पप गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको सांगीतिक प्रस्तुति रहने छ।  सिड्नीका स्थानीय कलाकारहरुको पनि  बिशिष्ठ प्रस्तुति रहने उक्त कार्यक्रम हर्सभिल स्थित मरना अडिटओरिएम  हल(16 Macmahon Street, Hurstville NSW 2220)मा हुन गैरहेको। सिडनिका  स्थानिय कलाकारहरूको समेत सहभागिता रहने सो कार्यक्रममा नेपाल बाट आउने कलाकारहरूको गितमा आधारित बन्दै एक गीति नाटक "प्रेम " समेत प्रस्तुत हुनेछ।  स्थापना काल देखिनै नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले उक्त किसिमका कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको छ।   उक्त कार्यक्रममा संकलन भएको रकम नेपाल "कास्की एसोसिएसन अफ ब्लाइन्ड" नामक दृष्टि बिहिनहरुको संस्थालाई सहयोग स्वरूप प्रदान गरिने छ
-----नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अस्ट्रेलिया।
new poster dhamaka night.jpg