Honour to Bairagi kaila in Sydney ( Mutual Program of NKSSP & INSL)

  • 11-29-2011
सिड्नीमा कवि बैरागी काइँला लाइ साहित्यिक अभिवादन , प्रवासि साहित्यलाई पनि मुलधारको साहित्यमा गाभिने


   असनेपालन्युज सिडनि।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले प्रवासमा  बस्ने नेपाली सर्जकहरुले नेपाली भाषा र साहित्यमा पुरयाई रहेको अनवरत योगदानको प्रशंसा गर्दै प्रवासमा रचित हरेक नेपाली साहित्य नेपाली साहित्यको मुल धारमा समाहित गरिनु पर्ने बताउनु भयो । उँहाको अस्ट्रेलिया आगमनको अवसरमा आयोजित एक साहित्यिक तथा शुभकामना साँझमा प्रमुख अतिथिको रुपमा उँहाले सो धारणा ब्यक्त्त गर्नु भएको हो।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ), एन एस डब्ल्यु च्याप्टर , अस्ट्रेलिया  र नेपाली कला, संस्कृती तथा साहित्य प्रतिष्ठान , अस्ट्रेलियाले यहि अक्टोबर ५ तारिख का दिन सिड्नीमा संयुक्त रुपमा आयोजना गरेको साहित्यिक रात्रि भोज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भाषासंग रास्ट्रियता जोडिएको उल्लेख गर्दै नेपाली भाषा र साहित्यको प्रबर्धनमा लागेका सबैलाई धन्यबाद दिनु भयो।

आयामेली कविका रुपमा चिनिने कवि बैरागी काइँलाले नेपाली भाषामा तेश्रो आयाम र लिला लेखनको शुरुवात, महत्व र बिशेषताको बारेमा चर्चा गर्नु भएको थियो ।
उँहाले प्रज्ञा प्रतिस्ठानले विदेशमा रहेका साहित्यकार्हरू विच समन्वय गर्न एक छुट्टै सेतु तय गरेको बताउनु भयो।

बिशेष गरि युवा साहित्यकारहरुको जमघट रहेको सो साहित्यिक सन्ध्यामा उहाँले नयाँ पुस्ताले नेपाली भाषा र साहित्यलाई गरेको प्रेम देखेर आफू हर्षित  भएको भावना व्यक्त गर्नु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा डायोस्परिक साहित्यको लागि भएका प्राबधान र स्थानहरुको बारेमा जानकारी दिदैं प्रतिष्ठानसंग मिलेर आगामी दिनहरुमा अगाडी बढ्न यहाँका साहित्यिक संस्थाहरुलाई आव्हान गर्नु भयो ।

कार्यक्रममा अन्तर्रास्ट्रिय  नेपाली साहित्य समाज ( अनेसास ) , एन एस डब्ल्युका अध्यक्ष भीमसेन सापकोटाले अस्ट्रेलियामा नेपाली भाषा र साहित्यको क्षेत्रमा भएका गतिबिधि हरुको संक्षिप्त इतिहाँस सहित बर्तमान अबस्थाको अवगत गराउनु भएको थियो । यसै गरि नेपाली साहित्यको डयस्पोरिक योगदानलाई राज्यका तर्फ बाट मुल्याङ्कन र कदर गर्न उँहाले अनुरोध गर्नु भयो।


एन आर एन अस्ट्रेलियाका अध्यक्ष गणेश केशी ले नेपाली भाषा र साहित्यको जगेर्ना गर्न एन आर एन अस्ट्रेलिया संधैं प्रतिबद्ध भएको भन्दै यसपाली देखि एन आर एन अस्ट्रेलियामा सामुदायिक संस्थाको तर्फबाट नेपाली भाषा र साहित्यिक क्षेत्रको संथाको प्रतिनिधित्वलाई सुरक्षित गरिएको जानकारी दिनु भयो ।


मानब अधिकार तथा प्रजातान्त्रिक मन्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे तथा नेपाल आदिवासी जनजाती मन्च अस्ट्रेलियाला अध्यक्ष गणेश तामांगले  नेपालको  रास्ट्र तथा राष्ट्रिय भाषा जगेर्ना गर्न आफू सधै लागि रहने उल्लेख गर्दै बिजय दशमीको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा युवा साहित्यकारहरु प्रदिप चापागाईं, गोपी दवाडी, प्रमेश कंडेल, सानु घिमिरे, ज्वाला बिस्ट,निस्प्रभ सजी , जानकी पौडेल,भीमसेन सापकोटा , सुमित्रा बिस्ट , सुरेन्द्र दवाडी , निरोज जोशी लगायतले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो ।


साहित्यकार रवि किरण निर्जिबले अस्ट्रेलियामा निरन्तर रुपमा भइ रहेका साहित्यिक कार्यक्रमहरुको प्रशंशा गर्दै आफ्नो रचना वाचन गर्नु भएको थियो ।


उपस्थित सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष्य जानकी पौडेलले कार्यक्रमको समापन गर्नु  भएको थियो ।


कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) , एन एस डब्ल्यु अस्ट्रेलियाका महासचिब तथा नेपाली कला , संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाका कोषाध्यक्ष्य सानु घिमिरेले गर्नु भएको  थियो ।
सो कार्यक्रममा कवि काइलालले अनेसास लाई प्रज्ञा प्रतिस्ठानका तर्फबाट पुस्तक हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रममा कवि तथा सर्जक हरूले आपसमा विजया दशैंको  शुभकामना आदान प्रादन  ब्यक्त्त गर्नु भएको थियो।


www.ausnepalnews.com

 


Email to Friend

Fill in the form below to send this news item to a friend:

Email to Friend
* Your Name:
* Your Email:
* Friend's Name:
* Friend's Email:
* Security Image:
Security Image Generate new
Copy the numbers and letters from the security image
* Message: