198 सिडनिमा भानु जयन्ति भब्यताका साथ सम्पन्न

  • 7-17-2011

 

सिडनिमा भानु जयन्ति भब्यताका साथ सम्पन्न 
असनेपाल्न्युज सिडनि। 
हरेक साल झैँ यस पटक पनि प्रावासि साहित्य प्रेमिहरूको जमघटका विच सिडनिमा भब्यताका साथ १९८औ भानु जयन्ति सम्पन्न भएको छ। नेपाली कला संस्कृति तथा साहित्य प्रतिस्ठान अस्ट्रेलियाको आयोजनामा सम्पन्न सो भानु जयन्ति कार्यक्रममा अस्ट्रेलियामा रहेका दर्जनौ सर्जक ,स्रस्टा तथा साहित्यनुरागि हरूले आ- आफ्ना रचना वाचन गरेका थिए। कार्यक्रममा अतिथिको तर्फबाट रवि किरण निर्जीव , एन आर एन अस्ट्रेलियाका अध्यक्ष गणेश के सि,भुटानी नेपाली समुदायको तर्फ बाट डा ॐ ढुङ्गेल , नेपाली समुदायको तर्फ बाट डा नरायण खड्का ,प्रतिस्ठानकी अध्यक्ष जानकि पौडेल ,प्रतिस्ठानका पूर्व महासचिव रमेस बानिया पुरस्कार विजेताको तर्फ बाट भरत राज पौडेल,जिना के सी    लगायतले नेपाली साहित्यको विकासका लागि सिडनी वाट भए गरिएका प्रायसहरूको चर्चा गर्नु भएको थियो। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एन एस् डब्लु अस्ट्रेलियाको प्रस्तुतिमा  रहेको रामायण वाचन वाट प्रारम्भ भएको सो कार्यक्रममा वाल कलाकार आस्था ओलीको नाँच ,गायक  भुवन थापाको गीत विशेष आकर्षण बनेका थिए। सो कार्यक्रमका  रामायण वाचन ,गजल ,कविता र मुक्तक प्रस्तुतिमा साहित्य प्रेमिहरू भीमसेन सापकोटा , सुरेन्द्र दवाडी ,चन्चल ढकाल ,देव पाठक, डिल्ली ढकाल , निस्प्रव सजि,प्रदिप चापागाइ , महेन्द्र पौडेल , सानु घिमिरे ,कुमार गिरि,भरत पौडेल ,स्वप्निल प्रमेस ,सुजाता के सि ,रमेस बानिया ,नारायण शर्मा ,लगायतका सिर्जना प्रेमिहरू रहनु भएको थियो। 
कार्यक्रममा यस बर्षको भानु पुरस्कार साहित्य तर्फ भरत राज पौडेल र कला तर्फ जीना के सि लाई प्रदान गरिएको थियो। यस्तै वाल कलाकार आस्था ओली लाई पनि  सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा  ज्वाला विस्ट र सानु निरौला  सुत्रधार बन्नु भएको थियो । देश प्रेम, सामाजिक ब्यङग्य ,प्रावसि जीवनका तीता अनुभवहरू सिर्जनाका विषय बस्तु बनेका थिए। प्रस्तुत कविताहरू  गद्द्य र पद्द्य दुबै शैलिका थिए।सो कार्यक्रममा पूर्व कार्य समितिका पदाधिकारी हरूलाई औपचारिक रुपमा विदाइ समेत गरिएको थियो ।

Article is courtesy of AUSNEPALNEWS.COM.AU

http://www.ausnepalnews.com/index.php?action=news&newsId=15137


Email to Friend

Fill in the form below to send this news item to a friend:

Email to Friend
* Your Name:
* Your Email:
* Friend's Name:
* Friend's Email:
* Security Image:
Security Image Generate new
Copy the numbers and letters from the security image
* Message: