Quick Search
Literature Categories
Recent News
- Bal Sahitya Pratiyogita -2012
- Bal Kabita Sahitya 2012- NKSSP
- Prabasi Paila Sahitya Program
- नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको चौथो बार्षिक उत्सव--"धमाका सांगीतिक साँझ २०१२"
- COMING SOON!!!!!कला संस्कृति तथा साहित्य प्रतिस्ठानको विशेष "नेपाली धमाका साँझ "
- Honour to Bairagi kaila in Sydney ( Mutual Program of NKSSP & INSL)
- Register Your Talent Here
- 198th Bhanujayanti in Sydney
- NKSSP 4th Annual Conference
- 198 सिडनिमा भानु जयन्ति भब्यताका साथ सम्पन्न
गजल
गजल
- Article
- December 3, 2011
- No comments
गल्ती गर्नु गल्ती होइन ! दोहोर्याउनु गल्ती हो
छोडी जानेलाई पटक् पटक् मन् पराउनु गल्ती हो
नदेख फेरि तेही सपना, नहिँड फेरि तेही बाटो
त्यो पुरा नहुने सपना भित्र, हराउनु गल्ती हो
थाहा छ तिमीलाई, त्यो शुरुवात उसकै थियो
उसले भूल गर्नु, तिमी डराउनु गल्ती हो
जिन्दगी भरी तिमीलाई, रुवाएर त्यो मान्छे
शीर झुकाएर' फेरि तिम्रै, घर्—आउनु गल्ती हो ।
गल्ती गर्नु गल्ती होइन ! दोहोर्याउनु गल्ती हो
छोडी जानेलाई पटक् पटक् मन् पराउनु गल्ती हो
- निष्प्रभ सजी
गजल-१४०
- Article
- December 3, 2011
- No comments
अमृतमा विष फलाउँछन र पो
आफ्नैले दिल जलाउँछन र पो
साथी! म लुलो कहिले थिएँ र !
उभिन खोज्दा ढलाउँछन र पो
दुख्यो कि भनी रोएझैं गर्छन
तिनैले घाऊ चलाउँछन र पो
जो जस्ले पत्थर बनाइ गएथे
उनैले फेरी गलाउँछन र पो
भुलिन्थ्यो होला शिषिर बसन्त
पालुवा नयाँ पलाउँछन र पो
प्रमेश
गजल "दुई जवानीको"
- Article
- December 3, 2011
- No comments
तिमी छौ म छु र त यो जगत छ प्रिया,,,
नशा नशामा तिम्रै रगत छ प्रिया।।
जे हुनु भएरै छोड्छ आल्टाल को गर्न सक्छ,,
भो नसोच ज्यादा यो संसार फगत छ प्रिया।।
समयले धेरै कुरा सिकाउदै छ मलाई,,
को आफ्नो को पराई अवगत छ प्रिया।।
खहरेको भेल होइन मेरो माया तिम्रा लागी,,
सधैं एकनाश वाग्मती झै अनवरत छ प्रिया।।
संसार जितिन्छ दुई मन एक ढिक्का भए,,
कस्लाई थाहा मायामा कती तागत छ प्रिया।।
नाफा नोक्सान त पछी बेहोर्दै जाउँला,,
यहाँ पुरै दुई जवानीको लागत छ प्रिया।।
तिलक भट्टराई ""अन्जान""
रामनगर १ भुमही नवलपरासी
हाल्(सिड्नी अष्ट्रेलिया)
पिज्जा पास्ता मन पर्दैन- तिलक भट्टराई "अन्जान"
- Article
- July 15, 2011
- 3 comments
पिज्जा पास्ता मन पर्दैन आमा घरकै आटो सम्झें,,
बाबा हजुर बिराएको पखेरो र पाटो सम्झें।।
छाड्दा तिम्ले सत्य सानु- Lok Kandel
- Article
- July 12, 2011
- 1 comment
Rishipanchami Festival in Sydney
Image Galleries
Events Calendar
Click on date to view detail

