Prabasi Paila- Sahitya Program 2011

Friday, February 4, 2011

सिड्नीमा समता काब्य सन्ध्या “प्रवासी पाईला” को पहिलो श्रिन्खला सम्पन्न

 - by Kujatro / Rishi Acharya

सिड्नी, नेपाली कला सस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाको आयोजनामा सिड्नीमा समता काब्य सन्ध्या “प्रवासी पाईला” को पहिलो शृंखला सम्पन्न भएको छ । ग्रेनभिलमा रहेको यूनिक इन्टरनेशनल कलेजमा जनवरी २९ का दिन भएको कार्यक्रममा करिब तीस जना साहित्य अनुरागीहरुको उपस्थितिमा सम्पन्न उक्त काब्य सन्ध्यामा १३ कवि - कवियत्रीहरुले आफ्ना सृजनाहरु प्रस्तुत गर्नु भएको थियो !

Alpabiram Pokhareli

कार्यक्रममा तीनवटाभन्दा बढी कृति प्रकाशित गरिसक्नुभएका साहित्यकार अल्पविराम पोखरेलीलाई सम्मान र प्रसंशा पत्र पनि प्रदान गरिएको थियो ! कार्यक्रमलाई सम्बोधन गर्दै कवि अल्पविरामले भाषा रहेमात्र आफ्नो पहिचान रहने भएकाले समता काब्य श्रृंखलालाई निरन्तरता दिन आयोजकहरुलाई अनुरोध गर्नुभयो !

Ramesh Baniya

प्रतिष्ठानका महासचिव रमेश वानियाँले निकै रोचक र आकर्षक तरिकाले संचालन गर्नु भएको कार्यक्रममा सिड्नीमा रहेका विभिन्न साहित्यकारहरु क्रमश गोमा आचार्य, भरत पोखरेल, हेमन्ता आचार्य, रमेश पाण्डे, भिमसेन सापकोटा, विदुर ढुङ्गेल, ऋषि आचार्य, थिरप्रसाद भण्डारी, जानकी पौडेल, अल्पविराम पोखरेली,  रमेश वानियाँले कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रम मा अनुपस्थित साहित्यकार सानु घिमिरे र सुरेन्द्र दवाडी को कविता पनि पाठ गरिएको थियो !

Dr. Narayan Pradhan

कार्यक्रमको समालोचना तथा सुझावको क्रममा- जिएनसीका अध्यक्ष डाक्टर नारायण प्रधानले  -"कविता लेख्ने बानी नभएपनि सुन्दा आनन्द आउछ, नेपाल भ्रमण मा जाँदा सिद्दिचरण श्रेष्ठ लगायतका कविहरुको सम्पर्कमा थिए" भन्नु हुँदै "यहाँ पनि यस्तो कार्यक्रमको शुरुवात भयो, म प्राय सबै श्रृंखलाहरुमा उपस्थित हुन प्रयास गर्नेछु" भन्ने बचनबद्दताका साथ कार्यक्रमको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भयो /


कार्यक्रमको शुरुवात राष्ट्रिय धुन पश्चात हालसालै दिबंगत हुनुभएका प्रतिष्ठित कला-कर्मी गायक द्वय कुमार कान्छा र हिरादेवी वाइवा अनि बरिस्ठ सिने कलाकार शान्ति मास्केको सम्मानमा १ मिनेट मौन धारण बाट गरिएको थियो ! कविशिरोमणि लेखनाथ पौडेलको बार्शिकोत्सत्व को उपल्छ्येमा उनका कविताहरु समेत कार्यक्रम संचालक वाट प्रस्तुत गरिएको सो कार्यक्रमको सभापतित्व प्रतिष्ठानकि उपाध्यछ जानकी पौडेल ले गर्नु भएको थियो !

From Left: Ramesh Baniya, Janaki Paudel, Alparbiram Pokhareli, Dr. Narayan Pradhan














Alpabiram Pokhareli

Ramesh Pandey
Rajan Sharma

            Bidur Dhungel
Thir Prasad Bhandari
Ramesh Baniya
Bharat Pokhrel
Hemanta Acharya
Goma Acharya
  



This category currently has no associated content.