पिज्जा पास्ता मन पर्दैन- तिलक भट्टराई "अन्जान"

पिज्जा पास्ता मन पर्दैन आमा घरकै आटो सम्झें,,
बाबा हजुर बिराएको पखेरो र पाटो सम्झें।।


सम्झनामा बल्झिदिन्छ लाली गुराँस फुल्ने पाखो,,
लड्दै भिड्दै गाई चराउदै हिंडेको त्यै बाटो सम्झें।।


जती दु:ख गरे पनि सधैं रित्तो भकारी त्यो,,
सानी बैनी दश ठाऊमा टालेको त्यही फाटो सम्झेँ।।


सम्झी ल्याउदा चाड पर्व इस्ट मित्र आफन्तलाई,,
अहिल्यै घर जाउँ हुन्छ गरीबको टाटो सम्झेँ


मुल बाटो हेरी सधैं रुदै होलिन पियारीले,,
सङ्गै जिउने वाचा कसम अजम्बरी नातो सम्झेँ।।


हर्खे, बिर्खे रामे दाई खाडी तिर रुदै छन रे,,
पसिनाले डलर लाई साट्दा देशको माटो सम्झेँ।।


तिलक भट्टराई "अन्जान"
रामनगर १ नवलपरासी
हाल्(सिड्नी अष्ट्रेलिया)


Comments (3)

Ram
Said this on 7-16-2011 At 01:59 am

I even don't like pizza and pasta.  

Said this on 8-13-2011 At 06:10 am
Thank you so much for this atrcile, it saved me time!
Said this on 8-13-2011 At 01:55 pm
Slam dunkin like Shaquille O'Neal, if he wrote informtaive articles.
Post a Comment
* Your Name:
* Your Email:
(not publicly displayed)
Reply Notification:
Approval Notification:
Website:
* Security Image:
Security Image Generate new
Copy the numbers and letters from the security image:
* Message: